प्रचण्डलाई अल्टिमेटम दिएर फर्किए रवि लामिछाने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

प्रचण्डलाई अल्टिमेटम दिएर फर्किए रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त नगरे सरकार छाड्ने भएको छ। पार्टीका अध्यक्ष रवि लामिछानेले साँझसम्मको अल्टिमेटम दिएर बालुवाटारबाट फर्किएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमा पुनः नियुक्त गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि उनले मंगलबार बेलुकीसम्मको डेडलाइन (समयसीमा) दिएको रविको सचिवालयले जनाएको छ।

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार साँझ पत्रकार सम्मेलन गरेर सरकार छाडेको र समर्थन फिर्ता लिएको जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाले गरेको छ ।

सर्वोच्चको पछिल्लो आदेशपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।

गठबन्धन बन्ने बेलामा गृहमन्त्रालय रास्वपाको भागमा परेको थियो । रास्वपाले यसैलाई आधार बनाएर अडान लिएको छ ।