त्रिभुवन विमानस्थलको कन्ट्रोल रुम पुगे प्रधानमन्त्री र गृहमन्त्री - Himal Post Himal Post
  • १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
Logo

त्रिभुवन विमानस्थलको कन्ट्रोल रुम पुगे प्रधानमन्त्री र गृहमन्त्री



काठमाडौं– कास्कीको पोखरामा आइतबार बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण जानकारी लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रुममा पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्। जहाज दुर्घटनामा परेकाहरुको उद्धार गर्न निर्देशन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेका छन्। दुर्घटना पाएको खबर पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बोलाएको मन्त्रिपरिषद् बैठक बस्दै छ।

आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए। हालसम्म दुर्घटनामा परेर ४० जनाको मृत्यु भइसकेको छ। बाँकी यात्रुको खोजी जारी रहेको कास्की प्रशासनले जनाएको छ। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका हुन्।

उनका अनुसार उक्त विमानमा चालक दलका ४ सदस्य सहित ६८ जना यात्रु थिए। विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र ५ जना भारतीय रहेको उनले जानकारी दिए। त्यसबाहेक विमानमा रुसका ४, कोरियाका २ , आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक–एक यात्रु सवार थिए।