'प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?' - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?’



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका छन् गरेका छन् ।

उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’, उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ’, उनले भनेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा आज मात्र पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन् ।