सरकार फेर्ने प्रचण्डको अभिव्यक्तिपछि ओलीले मुख खोले ... - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सरकार फेर्ने प्रचण्डको अभिव्यक्तिपछि ओलीले मुख खोले …



काठमाडौँ 

पुष्पकमल दाहालले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा राजनीतिक माहोल तताए पछि, सत्ता हस्तान्तरणको बहस चुलिएको छ। प्रचण्डले सहमतिअनुसार २.५ वर्षपछि ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने जनाएका थिए।

उता केपी ओलीले पनि दिल्लीमा पत्रकारहरूलाई त्यस्तो सहमति पुरानो भैसकेको जानकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सपथग्रहण समारोहका क्रममा प्र.म. ओली दिल्ली पुगेका थिए। सहमति पुरानो भयो भन्ने किसिमको अभिव्यक्ति दिएता पनि उनले प्रधानमन्त्रीपद छोड्ने नछोड्ने बारे भने केही बोलेनन्।

पत्रकारहरूले तपाईँको प्रधानमन्त्रित्व अब १२ महिना मात्रै भनेर सोध्दा के.पी.ओलीले “कहाँको एक वर्ष  हुनु, चारपाँच दिनमात्र छ।” भनेका थिए। यसले ओलीले यो कुरालाई गम्भीरतासाथ नलिई रमाइलोका रूपमा लिएको देखाउँछ।