प्रचण्ड निवासमा पूर्वमाओवादीको गोप्य बैठक - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रचण्ड निवासमा पूर्वमाओवादीको गोप्य बैठक



काठमाडौं- खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार प्रचण्ड निवास पुगेका हुन् ।

स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न प्रचण्डलाई उनीहरुको सुझाव थियो ।रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी थिए ।

हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् । तीमध्ये अधिकांश नेताहरु सोमबार खुमलटार पुगेका थिए ।

गत वर्षको स्थायी समिति बैठकमा पनि पूर्वमाओवादीका नेताहरुको तर्फबाट समान धारणा आएको थियो । सोही अनुरुप धारणामा एकरुपता ल्याउनु पर्नेमा उनीहरुको छलफल केन्द्रित थियो ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए ।

बैठकमा सहभागी नेताहरुले प्रत्यक्ष निर्वाचित सांसद र स्थायी समितिमा भएकालाई मात्रै सभामुख बनाउन अडान लिनुपर्ने सुझाव दिएका थिए ।

उनीहरुको यो प्रस्ताव स्थायी समिति बैठकबाट पारित भएमा उपसभामुख शिवमाया तुम्बाहाम्फेका लागि सभामुख बन्ने बाटो बन्द हुनेछ । अन्नपूर्णमा खबर छ