माधव नेपाल तनावमा- प्रचण्डको व्यवहारबाट दुःखी - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

माधव नेपाल तनावमा- प्रचण्डको व्यवहारबाट दुःखी



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट यस्तो आशा नगरेको बताएका छन् । प्रचण्डको व्यवहारबाट आफू निकै दुःखी भएको बताएका छन्। 

आफूहरूलाई जानकारी नै नदिई दाहालले नेकपा (एमाले)सँग गठबन्धन गरेको अध्यक्ष नेपालले बताए। पार्टी कार्यालयमा पुस १२ गते आयोजित कार्यक्रममा उनले भने, “प्रचण्ड हामीलाई जानकारी नदिई अरुको समर्थनमा प्रधानमन्त्री बने। हामीले पत्रिकाबाट, फोटो हेरेर थाहा न पायौं। प्रचण्डजीको यो व्यवहारबाट दुखित् छु।” 

गठबन्धनको बैठकमा पहिला एकीकृत समाजवादीलाई राष्ट्रपति  दिने सहमति भएको तर पछि परिस्थिति बदलिएको अध्यक्ष नेपालको भनाइ थियो। पछि कांग्रेस सभापति शेरबहादुर देउवा र दाहाल दुई–दुई वर्ष र आफू एक वर्ष प्रधानमन्त्री बन्ने सहमति पनि बनेको उनले कार्यक्रममा बताए। 

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालका अनुसार कांग्रेसले प्रधानमन्त्री नदिने भएपछि दाहाल विचलित भएका थिए।