प्रधानमन्त्री प्रचण्डका ज्वाईँ फेरि मन्त्री बन्दै - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रधानमन्त्री प्रचण्डका ज्वाईँ फेरि मन्त्री बन्दै



प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँ फेरि मन्त्री बन्ने भएका छन् । प्रचण्डका ज्वाईँ जीवन आचार्य आज कोशी प्रदेशको मन्त्री नियुक्त हुने भएका हुन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ । यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा पनि आचार्य मन्त्री थिए ।

माओवादीका दुर्गाप्रसाद चापागाईँले पनि मन्त्रीका लागि दाबी गरेपछि विवाद उत्पन्न भएको थियो । यसअघि शुक्रवार पार्टीको आन्तरिक विवादका कारण माओवादीले मन्त्रीको नाम दिन सकेको थिएन ।

प्रदेश इञ्चार्ज राम कार्कीको नेतृत्वमा बसेको बैठकले आचार्यलाई मन्त्री बनाउने सहमति गरेको बताइएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् ।