प्रचण्डलाई काङ्ग्रेसले दियो मुख भरीको जवाफ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डलाई काङ्ग्रेसले दियो मुख भरीको जवाफ



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाट जाने उमेरका बुढालाई उम्मेद्वार बनाएको भनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रचण्डलाई मुख भरीको जवाफ फर्काएको छ ।

प्रचण्डको अभिव्यक्तिपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनीय नहुने उल्लेख गरेका छन् ।

बुधबार दिउँसो ट्वीट गर्दै शर्माले भनेका छन्, ‘देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नू भोकि कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने । अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

कांग्रेसले कास्की २ मा ७५ वर्षका खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।