प्रचण्ड गुप्तबास बस्ने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

प्रचण्ड गुप्तबास बस्ने



काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्।

पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबजे पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपा सचिवालय सदस्य तथा केही स्थानीय समिति सदस्यसँग छुट्टा छुट्टै छलफल गरेका छन्।

शीर्ष नेताबीचकै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समित बैठक दै आएको खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

दाहालले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टा छुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन्।

प्रचण्डले तयार गर्ने प्रस्तावित कार्ययोजना अर्का अध्यक्ष ओलीलाई देखाएर परिमार्जन गरिसकेपछि मात्रै स्थायी समितिमा पेस गर्ने तयारी छ।

स्थायी समिति बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पोलिटब्युरो गठनको प्रस्ताव राख्ने तयारी गर्दैछन्।