प्रधानमन्त्री प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खाने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खाने



नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ।

यसैबीच यसपटक प्रचण्डले दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ खाने तयारी रहेको उनको सचिवालयले जनाएको छ। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खान लागेका हुन्। यसअघि उनले टाइ–सुटमा शपथ खाएका थिए।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ खाने कार्यक्रम छ।