प्रचण्डलाई प्रधानमन्त्री पद गुम्ला कि भन्ने डर छ : गगन थापा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रचण्डलाई प्रधानमन्त्री पद गुम्ला कि भन्ने डर छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मानिसलाई बढि पाउने इच्छा हुने भन्दै प्रधानमन्त्रीलाई पद गुम्ला कि भन्ने डर रहेको बताए । उनले भने, “पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै छ ।”

जुनसुकै ठाउँमा पुगेको भएतापनि मानिसलाई जति छ, त्यो भन्दा बढि पाउने इच्छा भइरहने उनले बताए । “अहिले म यसो नेताहरू हेर्छु, पटकपटक प्रधानमन्त्री भइसकेका नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला, पटकपटक चुनाव जितेकालाई अर्काे पटक चुनाव नजित्ला कि भन्ने डर छ,” उनले भने, “अहिले भइरहेका प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर हटाइ देलान् कि भन्ने डर छ ।”

उनले बालबालिकाहरूलाई डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताए । बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो ।