प्रचण्डलाई चीनले दियो पहिलो बधाई - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डलाई चीनले दियो पहिलो बधाई



नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उत्तरी छिमेकी चीनले आइतबार अबेर बधाई दिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेलगायत दलहरूको समर्थनमा आजै प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेको केही घण्टाभित्रै चीनले बधाई दिएको हो । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले ट्वीटमार्फत प्रचण्डलाई बधाई दिएका छन्।

प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।