प्रभु शाह पनि नयाँ सत्ता गठबन्धनमा - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रभु शाह पनि नयाँ सत्ता गठबन्धनमा



काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा साह पनि उपस्थित भएका हुन् ।

२०७९ साल मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए। उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए।

आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ ।

उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।