प्रभु शाहले गरे प्रधानमन्त्री प्रचण्डको प्रसंशा - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

प्रभु शाहले गरे प्रधानमन्त्री प्रचण्डको प्रसंशा



आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन्।

सरकारमा जाने तयारीमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित आमजनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे।

उनले प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे।

जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको पनि उनले बताए।

‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधार होस्’, उनले भने, ‘यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ।’