चार महिनामै प्रभाकरले किन छोडे नेपाली टिमको प्रशिक्षण ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

चार महिनामै प्रभाकरले किन छोडे नेपाली टिमको प्रशिक्षण ?



काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मनोज प्रभाकरले जिम्मेवारी पाएको चार महिनामै प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत प्रभाकरले तत्कालै लागु हुनेगरी नेपाली टिमको जिम्मेवारीबाट राजीनामा दिएको र क्यानले त्यसलाई स्वीकृत गरेको जानकारी दिएको छ ।

भारतीय टिमका पूर्वअलराउन्डर प्रभाकरले साउनमा नेपाली टिमको जिम्मेवारी पाएका थिए । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि क्यानले प्रभाकरलाई टिमको जिम्मेवारी सुम्पिने निर्णय गरेको थियो ।

प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलोपटक ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । जहाँ नेपालले ट्वान्टी–२० शृंखला ३–२ ले जित्दा एकदिवसीय शृंखला भने ‘क्लिन स्वीप’ गरेको थियो ।

यस्तै, आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिबियामा भएको त्रिदेशीय शृंखला प्रभाकरको प्रशिक्षणमा नेपालले खेलेको अन्तिम क्रिकेट प्रतियोगिता बन्यो । शृंखलामा नामिबिया र स्कटल्यान्डसँग समान दुई खेल खेलेपनि नेपाल जितविहीन बनेको थियो ।