के खिचडी पकाउँदै छन् पूर्णबहादुर खड्का ? - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

के खिचडी पकाउँदै छन् पूर्णबहादुर खड्का ?



काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका थिए। भेटमा दुवै नेता प्रतिनि सभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई आदानप्रदान गरे। साथै, भेटमा निर्वाचनको समीक्षा समेत भएको बताइएको छ।

वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको खड्काको सचिवालयले जानकारी दिएको छ।