प्रहरी जवानले आफ्नै कन्चटमा हाने गोली - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

प्रहरी जवानले आफ्नै कन्चटमा हाने गोली



दाङमा एक जना सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनी सशस्त्र प्रहरी सहायक हवल्दार कार्यरत कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा रहेका थिए । आइतबार बेलुका करिब ९ बजे कारागारभित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउँडोमा हानेर टाउकोको उपल्लो भागबाट गोली निस्किएको छ ।

पोष्टमार्टमकाा लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।