पोखरा महानगरभित्रका २९ विद्यालय बन्द गरिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पोखरा महानगरभित्रका २९ विद्यालय बन्द गरिने



पोखरा । कास्की २ को उपचुनावको लागि महानगरभित्रका केही विद्यालय भोलिदेखि बन्द हुने भएका छन् । महानगरभित्रका सबै विद्यालय भने बन्द हुने छैनन् । मतदान केन्द्र तोकिएका विद्यालयमा भने पढाई नहुने भएको छ ।

पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
बिदाको समय विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले बताए ।

उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।