एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी



हिमालपोस्ट/काठमाडौँ

पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको बालमोरल दरबार परिसरमा सम्पन्न भएको थियो ।

स्कटल्यान्डमा रहेका कवि नवीन क्षेत्री र मुकुल दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रमा वालमोरल क्यासलका कर्मचारी ग्लिन जोनस र जोजिया ले सबै सहभागीहरूलाई एक घन्टासम्म प्रकृतिको मनोरम दृश्यावलोकनमा लिएर गएका थिए । दृश्यावलोकन पछि रानीको दरबार अवलोकन र दरवारमा हुने गतिविधिहरूको जानकारीमूलक वृत्तचित्र पनि देखाएका थिए । महारानी एलीजाबेथ प्रत्येक वर्ष तीन महिना विताउने दरबारको परिसरमा काब्य गोष्ठी लगायत साङ्गीतिक कार्यक्रम सम्पन्न भएको थियो ।

स्कटल्यान्ड दरबार परिसरमा नेपाली कविता वाचन गर्दै कवि मुकुल दाहाल

खुला आकाशमुनि भएको बहुभाषिक काब्य गोष्ठीमा दरबारका कर्मचारी ग्लिन जोनसले स्कटल्यान्डको स्थानीय गेलिक भाषामा, विशेष अतिथिको रूपमा रहनु भएका पण्डित मधुसूदन भट्टराईले संस्कृतमा, नवीन क्षेत्रीले अङ्ग्रेजीमा, मुकुल दाहाल र राज क्षेत्रीले नेपालीमा कविता वाचन गरेका थिए ।

दरबारको सुन्दर परिसरमा फुलेका फूलहरूको उपस्थितिले शब्दहरूमा ओज थपेको थियो । स्थानीय कलाकारहरू टक थापा, नारायणचन्द्र श्रेष्ठ, रेनुका ढकाल, लव सिम्खडा, उद्धव भट्टराई, पुष्कर गौतम, बलराम ढकाल, प्रतिज्ञा राना, चन्द्रा श्रेष्ठ र अनिता भन्डारीले कार्यक्रममा साङ्गितिक रौनक थपेका थिए । एबर्डीनबाहिर ५० माइलको दूरीमा रहेको दरबारमा सम्पन्न कार्यक्रममा सहभागी हुन उल्लेख्य सङ्ख्यामा कवि कलाकारहरू  लामो यात्रा गरी पुगेका थिए ।