तीन लघु कविता - बिउँझनु, जीवन बोध र प्रेम - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तीन लघु कविता – बिउँझनु, जीवन बोध र प्रेम



-सुलोचना मानन्धर

बिउँझनु

बिउँझनु नै रहेछ
बाँच्नु
नबिउँझेको भए
निद्रा र तन्द्रामै
दिनहरू बित्ने रहेछन्

तीसँगै मरिने रहेछ आफैँ पनि !

-0-

जीवन बोध

काँचो माटोको डल्ला
हातमा राख्दा
बल्ल बोध भयो मलाई-

अलिकति बेहोसी
र सानो भुलले पनि
जिन्दगी बेरूप हुँदो रहेछ !

-0-

प्रेम

न आकार
न शब्द
अनुभूति भएर हृदय भर्ने
आशाको स्पर्श भएर ममा भरिने
के होला ?

मैले त त्यसलाई
प्रेमको नाम दिएँ !

-0-