प्रधानमन्त्री ओली र तेन्दुल्करबीच के भयो कुरा ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

प्रधानमन्त्री ओली र तेन्दुल्करबीच के भयो कुरा ?



काठमाडौँ । प्रधानमनत्री केपी शर्मा ओली र भारतीय क्रिकेटर सचिन तेन्दुल्करबची भेट भएको छ । सचिन ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । 

शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेका उनी दिउँसो बालुवाटार पुगेका हुन्।  

युनिसेफका सद्भावना दूत रहेका तेन्दुल्करसँगको भेटपछि प्रधानमन्त्री ओलीले खुसी व्यक्त गरेका छन्। तेन्दुल्करले बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको पनि प्रशंसा गरेका छन्।