प्र.म.ओलीले भने - सरकारको राष्ट्र निर्माणबाट केही समूह विचलित - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्र.म.ओलीले भने – सरकारको राष्ट्र निर्माणबाट केही समूह विचलित



काठमाडौँ—राष्ट्र निर्माणमा आफ्नो सरकार लागिरहेका बेला केही समूह भने अत्तालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै शुक्रबार ओलीले प्रतिगामी तत्त्वहरू राष्ट्रनिर्माणको अभियानलाई अलमल्याउन र भड्काउन लागि परेको बताए।

संविधान अस्वीकार गर्दै आन्दोलन गरिरहेको विप्लव समूहलाई लक्ष्यित गर्दै ओलीले भने,‘पैसा उठाउने, हिंसा मच्चाउनेतर्फ मानिस लागेका छन्। तर यस्तो बाटो कहिल्यै सफल हुन सक्दैन।’

मुलुक निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने ओलीको भनाइ छ।

‘राजतन्त्र फर्काउन चाहनेहरूलाई देखेरे दुःख लाग्छ।’ उनको भनाइ थियो।

गरिबी, बेरोजगारीजस्ता  मुलुका अनेक समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रमहरू लागू गर्न थालेको ओलीले बताए।