प्रधानमन्त्रीको केहीबेरमा अप्रेशन हुँदै - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्रीको केहीबेरमा अप्रेशन हुँदै



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीलाई एपेन्डिसाइटिस को समस्या देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा. अरुण सायमीले बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिएको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।