थिएटरभित्र प्रधानमन्त्री: अप्रेशन जटिल, त्रिविबाट टोली मगाइयो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

थिएटरभित्र प्रधानमन्त्री: अप्रेशन जटिल, त्रिविबाट टोली मगाइयो



काठमाडौं : एकाएक एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन गर्न थिएटरभित्र लागिएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन तयारी गरिएको छ भने अप्रशन गर्न त्रिवि शिक्षण अस्पतालबाट डाक्टरहरुको एक टोली पनि मगाइएको छ।

अप्रेशन तयारीसँगै भास्कुलर सेन्टरमा पत्रकारहरुको प्रवेशलाई कडाइ गरिएको छ ।

सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो।

अस्पताल स्रोतले जनाएअनुसार प्रधानमन्त्री ओलीको अप्रेशन गर्न जटिल रहेकोले निकैबेर परामर्श भएको थियो ।

प्रधानमन्त्री मिर्गौलाको बिरामी भएकाले केहि समस्या आउने हो कि भन्नेमा डाक्टरहरू डराएका थिए।