मन्त्रिपरिषद्को समीक्षा बैठक, मन्त्रिमण्डल हेरफेरको सम्भावना - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मन्त्रिपरिषद्को समीक्षा बैठक, मन्त्रिमण्डल हेरफेरको सम्भावना



हिमालपोस्ट/काठमाडौँ

मन्त्रिपरिषद कार्यालयमा आजदेखि समीक्षा बैठक सुरु भएको छ र यसमा प्रधानमन्त्री उपस्थित छन्। प्रधानमन्त्रीले विभिन्न मन्त्री र सचिवहरूसँग प्रगति विवरण माग गरेका छन्।

बैठक बिहान ११:१५ देखि सुरु भएको छ र सो बैठकमा २३ वटा मन्त्रालयको प्रगति विवरण पेस गरिँदैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सञ्चार शाखाका अनुसार सचिवहरूबाट जम्मा २३ वटा प्रस्तुति हुनेछन्। प्रधानमन्त्री ओलीले ती प्रस्तुतिहरू सुन्नेछन्। बैठक आज नसकिए भोलिसम्म लम्बिने बताइएको छ।

प्र.म. ओलीले २३ जना सचिवबाट प्रस्तुति सुनिसकेपछि मन्त्री एवम् सचिवहरूलाई निर्देशन दिनेछन्।

कतिपयले यो प्रगति विवरणपछि मन्त्रिपरिषद पुनर्गठन पनि हुन सक्ने आकलन गरेका छन्।  पछिल्लो समय मन्त्रिपरिषद पुनर्गठनको विषयमा हल्ला मात्र बढी भएकोले कुरा बाहिर नबताएको हुनसक्ने जानकारहरू बताउँछन्।