मोहनले किनदिए स्मृतिलाई फुलको उपहार( भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मोहनले किनदिए स्मृतिलाई फुलको उपहार( भिडियो सहित)



समीर प्रकाश पाण्डे

साङ्गीतिक क्षेत्रमा नयाँ युवा पुस्ताहरुको आगमन हुने क्रममा फुल जस्तो उपहार नामक गीत लिएर गायक तथा सङ्गीतकार रेसम प्रधानको उदय भएको छ। प्रधान आफैले स्वर दिनु भएको गीतमा उनको आफ्नै सङ्गीत रहेको छ।

उक्त भिडियोको निर्देशन युवराज खत्रीले गरेका हुन भने छायाङ्कन तथा सम्पादन पनि खत्री कै रहेको छ। युवराज खत्री अहिले बजारमा निकै व्यस्त मनिन्छन। मोहन प्रधान , स्मृति मगरको दमदार अभिनय दर्शकहरूले हेर्न पाउने छन् ।

एक्सन फिल्मस प्रा .ली .ले बजारमा ल्याइएको भिडियो एक्सन फिल्मसले आफ्नै युटुब मार्फत सार्वजनिक गरेको छ।भिडियो निकै नै राम्रो र चित्त बुज्दों रहेको गायक प्रधानले बताउनु भयो ।