बोतल र जर्किन जस्ता भाँडोमा पेट्रोल बिक्री गर्न प्रतिबन्ध - Himal Post Himal Post
  • १८ आश्विन २०८१, शुक्रबार
  •      Fri Oct 4 2024
Logo

बोतल र जर्किन जस्ता भाँडोमा पेट्रोल बिक्री गर्न प्रतिबन्ध



काठमाडाैं प्रहरीले बोतल र जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न रोक लगाएको छ ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले त्यसो नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएको हो ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षतिसमेत हुनसक्ने भएकोले त्यसो नगर्न सूचना जारी गरेको हो ।