पोखरामा 'पेन गन' बरामद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

पोखरामा ‘पेन गन’ बरामद



हिमालपोस्ट/काठमाडौँ – 

पोखरामा कलम जस्तै देखिने गन र त्यसमा लाग्ने सात राउन्ड गोली लागू औषध कारोबारीको साथबाट बरामद भएको हो।

पोखरा उपमहानगरपालिका २४ कास्कीकोट भई पोखरा-७ बस्ने २४ वर्षका सागर रानाभाटको साथबाट पेन गन बरामद भएको कास्की प्रहरीले जनाएको छ। उनको कोठामा छापा मार्दा पेन गनसँगै लागू औषधसमेत बरामद भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले लागू औषधविरुद्ध अभियान चलाइरहेको छ। त्यही क्रममा प्रहरीले निगरानी, नियन्त्रण लगायतका गतिविधि तीव्र पारेको छ।

(साङ्केतिक चित्र)