बिजेपीका सांसद बन्दुक बोकेर नाचे र निलम्बित भए(भिडियो सहित) - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

बिजेपीका सांसद बन्दुक बोकेर नाचे र निलम्बित भए(भिडियो सहित)



हिमालपोस्ट/काठमाडौँ

भारतीय जनता पार्टीका विधानसभा सदस्य प्रनव सिंह च्याम्पियन निलम्बनमा परेका छन्। मदिरा पिउँदै बन्दुक बोकेर नाचेपछि उत्तराखण्डका विधानसभा सदस्य च्याम्पियनलाई पार्टीले निलम्बन गरेको हो।

सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपाले उत्तराखण्ड विधानसभा सदस्यको उक्त कार्य गलत र नैतिकहिन भएको टिप्पणी गरेको छ।

मदिरा पिउँदै बन्दुक बोकेर नाचेको उनको भिडियो सार्वजनिक भएपछि यतिबेला उनको चर्को आलोचना भएको छ। प्रहरीले यस घटनामा अनुसन्धान भइरहेको छ।

पार्टीका नेतादेखि सर्वसाधारणले उनको आलोचना गरेका छन्। भिडियोमा च्याम्पिन्यनले अश्लील शब्दसमेत प्रयोग गरेको सुनिएको भारतीय मिडिया आजतकले जनाएको छ।

(एजेन्सी)