संसदभवनभित्र अश्लील चलचित्र हेर्दै सांसद - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

संसदभवनभित्र अश्लील चलचित्र हेर्दै सांसद



(एजेन्सी)

काठमाडौँ – संसद सत्र चलिरहेका बेला पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् । भारतको ओडिशामा राज्यमा गत सोमबार बसेको विधानसभा बैठकमा काङ्ग्रेसका एक सभासद रङ्गेहात समातिए पछि अहिले चर्चाको विषय बनेको छ ।

नीति निर्माणको स्थानमा भएको घटनापछि भारतीय संचार माध्ययमहरूमा बहसका कयौ विषय उब्जिएका छन । संसदमा सभासदहरूबीच प्रश्नोत्तर चलिरहेका बेला काङ्ग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । उनको यस्तो हर्कत पर्दाफास भएपछि सत्ताधारी दल बीजेडीले उनीविरुद्ध कार्बाहीको माग गरेको छ ।

यो एकदमै लज्जास्पद काम भएको भन्दै तत्काल कार्बाही गर्न बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले विधानसभा अध्यक्षसँग माग गरिन् ।

यसैगरी काङ्ग्रेसले पनि घटनाको छानबिन हुनुपर्ने बताएको छ । काङ्ग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– ‘यो घटना हुनु निकै लज्जास्पद छ यो छानबिन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कार्बाही अगाडि बढाउनुपर्छ ।

तर, रङ्गेहात समातिएका सभासद दासले आफूले जानाजान नभई अञ्जानमा पोर्न भिडियो हेरेको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे । झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए ।

मङ्गलबार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानबिन प्रस्ताव संसदबाट पारित गराएका छन् ।