परदेशको वेदना समेटिएको गीतकार राजु न्यौपानेको गीत"घर चलाउनै गाह्रो"बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

परदेशको वेदना समेटिएको गीतकार राजु न्यौपानेको गीत"घर चलाउनै गाह्रो"बजारमा(भिडियो सहित)



समिर प्रकाश पाण्डे 

पछिल्लो समय नेपाली सांगीतीक बजारमा वैदेशिक भुमीमा रहेर पनि गीत लेखन तथा संगीत सृजना गर्ने स्रष्टाहरुको सकृयता बढ्दै गएको छ । यस्तै भीडमा स्याङ्ग्जा निवुवाखर्क घर भइ हाल दक्षीण कोरियामा कार्यरत रहेका गीतरार राजु न्यौपाने “प्रान्जल” ले पनि सांगीतीक कोशेली बजारमा ल्याएका छन ।

आफु विदेशमा भएको अवस्थामा घरपरिवारमा देखिएको समस्यालाई लोक गीती एल्वम “घर चलाउनै गाह्रो” मा समाबेश गरी म्युजिक भिडियो तयार गर्ने प्रयास गरेको कुरा प्रान्जलले बताए ।

कुलेन्द्र विश्वकर्मा र पुर्णकला बिसीको आवाज रहेको गीतलाई आश्रम म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ । राजु न्यौपाने “प्रान्जल”को शब्द, मनोज विश्वकर्माको लय रहेको भिडियोलाई झलक सङ्गीतमले निर्देशन गरेका छन् । मोडल कृष्ण न्यौपाने र रुबिना अधिकारिको अभिनय रहेको गीतलाई करण चैसिरले छायाङ्कन गरेका छन् भने विष्णु शर्माले भिडियोको सम्पादन गरेका हुन् ।

घरको मुख्य सदस्य परदेशीनु पर्दा उसको परिवारमा परेको वेदनालाई भिडियोमा देखाउन खोजिएको छ । पहिलो पटक लोकसाङ्गीतीक बजारमा आफ्नो उपस्थिती जनाएका नव गीतकार राजु न्यौपाने”प्रान्जल” लाई बधाई तथा सफलताको शुभकामना हाम्रो तर्फबाट ।