प्रदेश ७ को मन्त्रिपरिषद्ले गरेका यस्ता छन् तीन निर्णय - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रदेश ७ को मन्त्रिपरिषद्ले गरेका यस्ता छन् तीन निर्णय



धनगढी,कैलाली  । प्रदेश ७ मा आगामी वर्षको नीति तथा कार्यक्रम शनिबार प्रस्तुत हुनेभएको छ। मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको मन्त्री परिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो।

शनिबार दिउँसो तीन बजे सात नम्बर प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने मन्त्रिपरिषद्ले निर्णय सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट सात नम्बर प्रदेशको प्रदेश सहकारी विधेयक तर्जुमा गर्न आएको प्रस्तावमा शैद्धान्तिक सहमति दिएको छ।

जिल्ला सभा तथा जिल्ला समन्यय समिति सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयतलाई मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा पेस गर्न स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए। थाहा खबर बाट