प्रदेश ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रदेश ७ का मुख्यमन्त्री र भारतिय राजदुतबिच भेटवार्ता



धनगढी, कैलाली ।
प्रदेश नं ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिं पुरी विच बिहीवार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यकक्ष मा करिव आधा घण्टा दुई जना बिच शिष्टाचार भेटवार्ता भयको हो ।

भेटका क्रममा सामुहिक दुई पक्ष हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनायको छ ।

भेटमा भारत सँग जोडिएका प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने तथा अन्यआवश्यक नाका खुलाउन केन्द्र सरकार सँग पहल गर्ने सन्दर्भमा कुराकानी भएको छ ।

त्यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई दुर्तगतिमा अगाडी बढाउने सन्दर्भ मा पनि कुराकानी भएको छ ।

प्रदेश ७ को समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतिय राजदुत पुरीले भेटका क्रममा बताएको मुख्य मन्त्रीका स्वकिय सचिब शिव ओलीले जानकारी दिए । बिभिन्न कार्यक्रममा सरिक हुन सात नम्बर प्रदेश आएका पुरीले मुख्य मन्त्रीलाई भेट्ने बताएपछि दुई जना बिच भेट भएको हो ।