प्रदेश ७ का सांसदहरूको गौरिफन्टा नाका स्तरोन्नतिको माग
धनगढी ,कैलाली । प्रदेश नम्बर ७ को प्रमुख व्यापारिक केन्द्र एवम् अस्थायी राजधानी धनगढीसंग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नतिको लागि प्रधानमन्त्री केपि शर्मा ओलिले आसन्न भारत भ्रमणको एजेन्डा बनाउन प्रदेश ७ का सांसदहरूको माग रहेको छ ।
बिहिवार प्रदेश सभा बैठकमा सांसदहरुले गौरिफन्टा नाकाको स्तरोन्नतिको माग गरेका हुन ।
प्रदेश ७ को १० औ प्रदेश सभा बैठक को शून्य समयमा बोल्ने २७ जना सांसदहरूले गौरिफन्टा नाकालाइ यस प्रदेशको प्रमुख नाका बनाउन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
त्यस्तै सांसदहरूले यस प्रदेशको आर्थिक उन्नतिका लागि गौरिफन्टा नाकाको स्तरोन्नति हुनु पर्ने बताए संगै प्रदेश को बिकास निर्माणमा समेत जोड दिएका छ्न ।