नवलपरासीमा बस पल्टियो- ४५ जना घाइते, ३ गम्भीर - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

नवलपरासीमा बस पल्टियो- ४५ जना घाइते, ३ गम्भीर



रंजीत शर्मा/नवलपरासी
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा ४ जना घाम्भिर घाइते सहित ४५ जना घाइते भएका छन्।

आज करीब ११:३० बजेको समयमा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड न. १ झरहीखोला नजिकै रमपुरवा स्थित भित्री सडक खण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेका यात्रुहरु लिइ आउदै गरेको UP16 FT 7466 नं. को भारतिय बसको स्टेरिङ फेल भई आफै अनियन्त्रित भई पल्टिएको छ ।

बाटो देखी करीब १० मिटर तल खोलामा पल्टिन जांदा बसमा सवार करिब ६०/६५ जना मध्ये ४५ जना भारतीय तिर्थालुहरु घाइते भई उपचारको लागि जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते उद्धाका लागि उक्त स्थानमा इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चांपागाईको कमाण्डमा ट्राफिक सहित १५ जना र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट ११ जनाको टोली खटिगएको छ ।

दुर्घटना हुँदा पनि बाटो अवरोध नभएको, बस घटनास्थलमै रहेको,बस चालक घाईते रहेको,अन्य बस यात्रुहरुलाई गन्तब्य तर्फ पठाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिएका छन्।

अस्पतालमा आएका घाइतेहरूमध्ये एक जनाको टाउकोमा गम्भीर चोट रहेको अन्य घाइतेहरूको सामान्य अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।