मन्त्री पण्डितको गुनासो: निजामति कर्मचारीले मलाई निकै सताए - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

मन्त्री पण्डितको गुनासो: निजामति कर्मचारीले मलाई निकै सताए



काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीले सेवा र सुविधामात्रै मागेर हैरान पारेको गुनासो गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या बढदै जाँदा सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने समेत बताएका थिए ।

मन्त्री पण्डितले यसै कारणले पनि अब निजामति कर्मचारीको सङ्ख्या कटौती गर्न लागिएको बताए । उनले भने ‘अब निजामती सेवाका कर्मचारीहरुको संख्या कटौती हुन्छ’ ।

उनले लगानी अनुसार फल नभएकाले पनि निजामती कर्मचारीलाई निश्चित संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे । मन्त्री पण्डितले उक्त कार्यक्रममा निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।