५० बर्ष अघिको कथामा बनेको चलचित्र 'पंचायत' को टिजर सार्वजनिक - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

५० बर्ष अघिको कथामा बनेको चलचित्र 'पंचायत' को टिजर सार्वजनिक



नेपालको पंतायतकालिन कथाबस्तुमा आधारित चलचित्र  ‘पंचायत’ को टिजर रिलिज गरिएको छ।ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्।चलचित्रको सार्वजनिक टिजर बिशेष गरेर चलचित्रमा सामबेश सगै नीता  ढुंगाना ,जाहान्वी बस्नेत र सरोज खनाललाई देखन सकिन्छ।
यहि जेठ १८ गते चितवनमा रेड कार्पेट प्रिमियर सगै जुनको अमेरिका रेड कार्पेट लगायत विभिन्न देश प्रदर्शन र अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी गरिने  भएको छ । यस चलचित्रमा सरोज खनाल र निता ढुङगाना मुख्य भूमिकामा छन् भने  रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।
चलचित्र  फागुन १८ गते नेपाल रिलिज गरिने छ। संचारकर्मी  रवि अधिकारी  कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतीमा  निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् ।टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।