अदालतको निर्णय: प्रतिगमनको पराकाष्ठा - पम्फा भूसाल - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

अदालतको निर्णय: प्रतिगमनको पराकाष्ठा – पम्फा भूसाल



काठमाडौँ –

लोकसेवा आयोगको विज्ञापन अघि बढाउन सर्वोच्च अदालतले दिएको आदेश प्रतिगमनको पराकाष्टा भएको आरोप नेपाल कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले लगाएकी छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा उनले लोकसेवाको विज्ञापनसम्बन्धी रीटमा सर्वोच्चले दिएको आदेशलाई ‘अर्को १७ साल’को संज्ञा समेत दिन भ्याइन् ।

पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेकी भुसालले भनिन्, ‘अदालतजति प्रतिगामी कोही पनि छैन, अदालत प्रतिगामी बाटोमा गएको छ, लोकसेवा आयोगको विज्ञापन अगाडि बढाउन दिनु अर्को १७ साल हो। समावेशिताको विधिको बर्खिलापमा अदालत गयो, यो प्रतिगमनको पराकाष्ठा हो ।’

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न ९ हजार १ सय पदमा विज्ञापन आह्वान गर्दा समावेशितालाई बेवास्ता गरेको भन्दै राज्य व्यवस्था समितिले त्यसलाई रोक्न निर्देशन दिएको थियो । तर यस विवादमा सर्वोच्चले विज्ञापन रोक्न आदेश दिन अस्वीकार गरेको थियो ।