उत्कृष्ट विद्यार्थीलाई पामिरद्वारा सम्मान - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

उत्कृष्ट विद्यार्थीलाई पामिरद्वारा सम्मान



तिलोत्तमा । जिल्लास्तरीय वक्तृत्वकला तथा टेवलटेनिस प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई शुक्रबार पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, शंकरनगरले सम्मान गरेको छ ।
एकीकृत विद्यालय संगठन –रिसन) रुपन्देहीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पामिर एकेडेमीकी प्रतीक्षा खरेलले प्रथम स्थान हासिल गरेकी थिइन् । त्यस्तै जिल्लास्तरीय टेवलटेनिस प्रतियोगितामा शिक्षकतर्फ नविन शाक्यले द्वितीय स्थान हासिल गरेका थिए भने विद्यार्थीतर्फ अस्मिता पाण्डे र अस्मिता क्षेत्रीले तृतीय स्थान हासिल गरेका थिए ।
रिसन रुपन्देहीले “हाम्रो रहर, प्लाष्टिक र प्रदुषणमुक्त सहर” विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो । वक्तृत्वकलामा जिल्लाका २० विद्यालयको सहभागिता थियो भने टेवलटेनिसमा १६ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट हुन सफल विद्यार्थी तथा शिक्षकलाई शुक्रबार आयोजित एक समारोहका बीच पामिर एकेडेमीका सञ्चालक समिति अध्यक्ष मोहन चापागाई र विद्यालयका प्रिन्सिपल तोलाकान्त डुम्रेले कप तथा मेडलले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले विद्यालयले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताउँदै अवका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्ने विद्यालयको योजना रहेको बताए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य रविराज काफ्लेले विद्यार्थीहरुले प्राप्त गरेको सफलताले आगामी दिनमा हुने प्रतियोगिताहरुमा थप उपलब्धि हासिल गर्न सघाउ पुग्ने बताए ।