पाल्पाका २५ सामुदायिक बिद्यालयलाई पुुस्तकालय हस्तान्तरण - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

पाल्पाका २५ सामुदायिक बिद्यालयलाई पुुस्तकालय हस्तान्तरण



पाल्पा रामपुुर : रुम टु रिड र बेस नेपालले पाल्पाका २५ सामुदायिक बिद्यालयलाई पुुस्तकालय हस्तान्तरण गरेको छ ।

जिल्लामा एकीकृत साक्षरता कार्यक्रम अन्तर्गत पहिलो चरणमा स्थापना गरेका २५ पुुस्तकालय बिद्यालयलाई नै हस्तान्तरण गरेको हो । जिल्लामा हाल ७५ बिद्यालयमा साक्षरता कार्यक्रम चलिरहेको छ ।

जिल्ला शिक्षाको सहकार्यमा सन् २०१४ देखि कार्यक्रम चलेका २५ बिद्यालयमा साझेदारी कार्यक्रमको समयअबधि सकिएपछि कार्यक्रम गरेर बेस नेपाल र रुम टुु रिडले बिद्यालयलाई नै पुुस्तकालय हस्तान्तरण गरेको रुम टुु रिड पाल्पाका कार्यक्रम अधिकृत राधाकृष्ण हुँमागाईले बताउनुुभयो । नेपाल सरकारसँगको समन्वयमा बिभिन्न जिल्लामा कार्यक्रम चलेको छ हुँमागाईले भन्नुुभयो–पाल्पामा पहिलो चरणका बिद्यालयमा ४ बर्षसम्म व्यबस्थापनमा चलेको पुुस्तकालय बिद्यालयलाई हस्तान्तरण गरेका छौ । सबै बिद्यालयका प्रध्यानाध्यापक, साक्षरता समिति, पुस्तकालयध्यक्ष, सहायक पुस्तकालयध्यक्ष सहित दर्जन बढी शिक्षकलाई पुस्तकालय नियमित सञ्चालन तथा पुुस्तकालयमा गरिने क्रियाकलापको तालिम दिएका छौ–अब बिद्यालयले नै चलाउन सक्षम भएको छ त्यसैले पुस्तकालय बिद्यालयलाई हस्तान्तरण गरेका हौ–हुँमागाईले थप्नुुभयो ।

रुम टुु रिडका सहायक कार्यक्रम अधिकृत एल.बि.खड्काले कुनै पनि संस्थाले पुस्तकालय स्थापना गरि ४÷४ बर्ष सहकार्य गर्नुु महत्वपुुर्ण काम भएको बताउदै अब बिद्यालय आफैमा सक्षम बनेको बताउनुुभयो । साझेदारी कार्यक्रम केही अबधिलाई जाने हो सधै भरि बाटो देखाउन नसकिएला उहाँले भन्नुुभयो–बाटो देखाएर गोरेटो हुुदै मुलबाटोमा हिडेको छ अब बिद्यालय डगमगाउने छैन । रुम टु रिड र बेस नेपालले कार्यक्रम अन्तर्गत पुुस्तकालय स्थापना, झण्डै ३ हजार देखि ३५ सय सम्म पुुस्तक, पुुस्तक ग्रोबाई राख्ने प्रक्रिया, ¥याक, कार्पेट, कुसनदेखि पुुस्तकालयका दर्जनौ चार्ट, रजिष्टर एंव कक्षा १ देखि ५ कक्षा सम्मलाई नियमित दैनिक क्रियाकलापको लागि उपयुुक्त घण्टी व्यबस्थापन र शिक्षकलाई तालिम दिएर दक्ष बनाएको छ । हस्तान्तरण पछि पनि पुस्तकालय निरन्तर चलाइराख्न व्यबस्थापनसम्बन्धी पुस्तकालयध्यक्ष र बिद्यार्थी क्रियाकलाप चलाउन शिक्षकलाई तालिम दिएको छ भने हजारौं थान पुस्तक एंव भुुई बसाईलाई कार्पेट र टेवल, कक्षागत रजिष्टर लगायतका शैक्षिक सामाग्री प्रदान गरेको छ । साझेदारी संस्थासँगको समन्वयको अबधि सकिएपनि बिद्यालयहरुले पुुस्तकालय दिगो बनाउन बिभिन्न रचनात्मक कार्य गरेका छन् ।

४ बर्षसम्म रुम टु रिड र बेसले साथ दियो अब हामी आफैं चलाउन उत्तिकै हौसिएका छौ–नबदुुर्गा माबि. रामपुरका प्रध्यानाध्यपक कृष्ण प्रसाद पाण्डेले भन्नुुभयो । उहाँले बिद्यालयमा पुुस्तकालयलाई अझ आकर्षक बढाउन थप काम गरेको बताउनुुभयो । पुस्तकालयमा ४ टेवल र सिसा सहितको ¥याक थपेका छौ, शिक्षाको कार्यक्रमबाट नयाँ पुस्तक पनि थपिएको छ उहाँले भन्नुुभयो । अहिले यस बिद्यालयको पुस्तकालयमा ४ हजार ५० थान पुस्तक छन् । नबदुुर्गा जस्तै धेरै बिद्यालयले पुुस्तकालय सञ्चालनमा आत्मनिर्भर बन्दै अगाडी बढेको छ ।

सबै बिद्यालयमा पुुस्तकालय कोष स्थापना गर्नुुभएको छ–बेस नेपालका कार्यक्रम संयोजक टेक बहादुर ढेंगाले भन्नुुभयो– तत्कालका लागि निरन्तर चलाउन मिल्ने सामाग्री छन् यद्यपि केही थप्नुु परेमा बिद्यालयको कोष छ भने शिक्षकमा ज्ञान सीप भएकाले पुस्तकालयले निरन्तरता पाउनेछ । पहिलेको तुलनामा पुस्तकालय प्रयोगले बिद्यार्थीको पठन बेग तिब्र भएको छ । दैनिक वा साप्ताहिक घण्टी अनुुसार उनीहरु पुुस्तकालयका किताब खरर…..पढ्न आतुर देखिन्छन् । पुस्तकालयमा गएपछि गरिने क्रियाकलापमा शिक्षक बिद्यार्थी पोख्त छन् । बिद्यार्थीको सिकाईको आधारमा कुन तहको किताब कसरी झिकेर पढ्ने, घर लैजाने र कहिले ल्याउने भन्ने बिषयमा उनीहरु कण्ठ छन् ।

पुस्तकालयको प्रयोगमा बिद्यार्थीको आकर्षणले पुस्तकालय गतिबिधिमा बिद्यालय हौसिएको रुम टुु रिडका सहायक कार्यक्रम अधिकृत बाबुराम पोखरेलले बताउनुुभयो । पुस्तकालयमा नियमित गएर पुस्तक पढ्ने बानीले बिद्यार्थीमा पठन वेग तिब्र भएकोे छ भने पढ्नको लागि बिद्यार्थीमा स्वस्थ प्रतिस्पर्धामा देखिएको पोखरेलले बताउनुुभयो । पुस्तकालयका पुस्तक शिक्षकका लागि ज्ञानबद्र्धक भएको रामतुुलसी माबिका शिक्षक बिष्णुु बहादुर अर्यालले बताउनुुभयो । सबैजसो पुस्तकहरु मैले पढेको छुु उहाँले भन्नुुभयो । पुस्तक पढ्ने प्रतिस्पर्धाले बिद्यार्थी सिपालु भएको रामतुलसी माबिका प्रअ बालकृष्ण लम्सालले बताउनुुभएको छ । साक्षरता कार्यक्रमले पुस्तकालयको महत्व बुुझाएको उहाँको अनुुभब छ । यसै पुस्तकालयलाई निरन्तर चलाउदै लैजानेछौ लम्सालले थप्नुुभयो इ–लाइब्रेरी सहितको सबै शिक्षक बिद्यार्थी बसेर पढ्न हेर्न मिल्ने पुस्तकालय बनाउने योजनामा अगाडी बढेका छौ ।

बेस नेपालका साक्षरता सहजकर्ता सन्त बहादुर खाम्चाले मातृभाषा बोल्ने बिद्यार्थीको बाहुुल्यता रहेका बिद्यालयमा पुस्तकालय बिद्यार्थीको पढाईमा कोशेढुुङ्गा भएको बताउनुुभयो । बिद्यार्थी मात्र होइन पुुस्तकालयका पुस्तक शिक्षकले जारी गरेर घरमा लगेर पढ्ने गरेका छन् । अभिभाबकले पनि पुस्तक जारी गर्नुुहुन्छ खाम्चाले भन्नुुभयो बिद्यार्थीले जारी गरेका पुस्तक घरमा अभिभाबकले पनि पढ्ने र छोराछोरीलाई सँगै राखेर पढाउने गरेको आफुले पाएको बताउनुुभयो । कक्षा १ र २ का बालबालिकाको पुस्तकालय मोह बारे अभिभाबक भेलामा बच्चाले लगेका पुस्तक रमाइलो मानेर आफुले पढ्ने सुन्ने गरेको अभिभाबकले नै बताउने गरेको खाम्चाले सुुनाउनुुभयो ।

पुुस्तकालयको प्रयोगले बालबालिकामा पुस्तकसँग खेल्ने पढ्ने बानी बिकाससँगै उच्चारणमा स्पष्टता ल्याएको छ । सजिलोदेखि गाह््रो बिषयबस्तुुका पुस्तकहरु हरियो रातो सुन्तला सेतो निलो पहेलो तरिकाले राखिएको छ । बिद्यार्थीको सिकाइ मुल्याङ्कनका आधारमा उनीहरुलाई सोही रङ्गका स्टिकर प्रयोग गरिएका किताब पढ्ने गरि पुस्तकालयमा चार्ट राखिएको छ सोही आधारमा आफ्नो कलरको बुक उनीहरुले पढ्ने गर्दछन् ।

साना बिद्यार्थीलाई आकर्षण गर्ने कथाहरु राखिएको हँुुदा बिद्यार्थीको पुस्तक पढ्ने मोह, पढाईमा प्रतिस्पर्धाले सिकाईमा उल्लेख्य प्रगति भएको छ । यसलाई हस्तान्तरणपछि पनि निरन्तर सञ्चालन गर्न बिद्यालयले बिभिन्न उपाँय अपनाएको छ । शिक्षक बिद्यार्थीको जन्मदिनमा पुस्तकालयलाई एउटा पुस्तक प्रदान, पुुस्तकालयमा भएको तौल मापन यन्त्रबाट तौल लिए वापत ५ रुपँया सङ्कलन, बाली ¥याहार्ने समयमा एक घुुँघा मकै सङ्कलन, एक पाथी धान सहयोग तथा गेडागुुडी उत्पादन क्षेत्रका बिद्यालयमा बोडा सिमी बिक्रीबाट रकम सहयोग, पुस्तकालय सदस्य बनेर अभिभाबकले चन्दा सहयोग तथा व्यक्तिगत रुपमा शिक्षक बिद्यार्थी अभिभाबकले पुुस्तकालयलाई रकम सहयोग गरि दिगो बिकासका लागि कोष खडा गरेका छन् । कतिपय बिद्यालयले अम्रिसो खेती अभियान चलाउने योजनामा रहेको अर्का साक्षरता सहजकर्ता सागर हिस्कीले बताउनुुभयो ।