गुणस्तरहिन मासु प्रयोग भएको भन्दै अनुगमन - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

गुणस्तरहिन मासु प्रयोग भएको भन्दै अनुगमन



सागर बिश्वकर्मा :पाल्पा । सदरमुकाम तानसेनमा मात्र बजार अनुगमन केन्द्रित रहदा पाल्पाका गाउँ गाउँमा अव्यस्थित, मापदण्ड विपरित गुणस्तरहीन व्यबसायिक कारोवार बढ्दै गएको पाइएको छ ।

गाउँघरमा कुनै निकाय बाट अनुगमन नहुदा संचालन भएका उधोग व्यबसाय मापदण्ड विपरित संचालन हुदै आएका हुन । गाउँपालिकाले बजार अनुगमन गर्ने अधिकार पाए संगै बगनासकाली गाउँपालिका पाल्पाले आफ्नो क्षेत्रमा संचालन भएका व्यबसायको अनुगमन शुरु गरेको छ ।

पहिलो चरणमा गाउँपालिकाले पशुसेवा शाखाको प्राविधीक सहयोगमा मासु पसलहरुको अनुगमन गरेको छ । मासु पसल अनुगमनको क्रममा पशु पक्षिको राम्रो बधशाला नभएको, वधशालामा सरसफाई नभएको फोहोर पानीबाट मासु पखालिएको अवस्था भेटिएको थियो ।

मासु संगै दुध,दही,आइसक्रिम एउटै फ्रिजमा राखी विक्रि हुदै आएको, मासु काट्ने औजारहरुको सरसफाई नदेखिएको, मासु, किनारा पसल, तरकारी पसल र होटल व्यबसाय एउटै स्थानमा संचालन गरेको, मासु तौल गर्ने तराजु ठीक नभएको, पसल दर्ता नगरी संचालन भएको, मुल्य सुची नराखिएको भेटिएको थियो ।

बगनासकाली गाउँपालिकामा रहेका विभिन्न उधोगी व्यबसायी, गाउँपालिका भित्रको करको दायरामा ल्याउने, उनीहरु लाई सचेत गराउदै, उपभोक्ता लाई गुणस्तरीय स्वच्छ, सफा र स्वस्थबद्र्धक सरसमान उपलव्ध गराउने योजनाका साथ बजार अनुगमन थालिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अर्यालले बताए ।

बगनास गाउँपालिका लाई स्वस्थ गाउँपालिकाको रुपमा विकास गर्ने, औषधी उपचारमा सहयोग गर्नुभन्दा, मानिसलाई विरामी नहुने गरी निति निर्माणमा सुधार गरी कार्यान्वयनमा लैजाने योजना अनुरुप मासु पसलहरु लाई व्यस्थित सफा र स्वच्छ बनाउने अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।

गाउँ गाउँमा नियमित अनुगमन नहुदा विना ईजाजत उधोग व्यापार संचालन हुदा एकातर्फ राज्यको राजश्वमा कमि आएको छ भने उपभोक्ताहरुले गुणस्तरीय सरसमान पाएका छन । पाल्पामा बगनासकाली गाउँपालिकाले शुरु गरेको गाउँ घरका उधोग पसल अुगमनले उपभोक्ता, व्यापारी देखी सर्वसाधारणको चासो बढाएको छ ।