सकियो पाल्पा महोत्सव १२ करोड बढीको कारोवार, तीन लाख बढी दर्शक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सकियो पाल्पा महोत्सव १२ करोड बढीको कारोवार, तीन लाख बढी दर्शक



रामचन्द्र रायमाझी

पाल्पा ।  पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेनको टुँडिखेल मैदानमा संचालित प्रदेश स्तरिय बाहौं पाल्पा महोत्सव १२ करोड १० लाख आर्थिक कारोवार गर्दै आईतवार सकिएको छ ।

“पाल्पामा कृषि , पर्यटन, उद्योग र व्यापार , अवसर र संभावना छ अपार” भन्ने नारा सहित फागुन ३ गते देखि सञ्चालित मेलामा करिव ३ लाख बढी दर्शकहरुले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपक प्रसाद पाण्डेले बताए ।

मेलाको आईतवार एक औपाचारिक समारोहका बीच प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले समापन गरेका हुन् ।

मेला स्थलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य पाण्डेले ऐतिहासिक तथा पर्यटनको महत्व बाकेको जिल्ला पाल्पालाई पर्यटकयी क्षेत्रको रुपमा विकास गर्न सकिने बताए ।

उनले जिल्ला आफैमा ऐतिहासिक , धार्मिक, शैक्षिक, सामाजिक , राजनैतिक रुपमा सक्षम र सवल भएको उल्लेख गर्दै यहाँका धार्मिक, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्नु पर्ने बताए ।

पाण्डेले भने जिल्लामा भित्रने पर्यटकहरु पाल्पा बुटवल सडक खण्डमा पर्ने सिद्धबाबाको सडकका कारण कम भित्रिने भउकाले ३ वर्ष भित्रमा पूर्ण रुपमा जोखिममुक्त सडक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मुलुकमा तिव्र आर्थिक विकासका लागि पुँजी परिचालन गरेर उद्योग, व्यवसायमा लगानी गर्नुपर्ने बताउदै सदस्य पाण्डेले केन्द्रीय, प्रादेशीक र स्थानीय सरकार स्थिर र स्थायी हुन जरुरी रहेको बताए ।

समापन समारोहमा प्रदेश सभाका सदस्यहरु डा.पुरनमान बज्राचार्य, नारायण आचार्य, जिल्ला समन्वय पाल्पाका सभापति दयाराज बसयाल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, संघका पूर्व अध्यक्ष मधुदयाल शैजु लगायतले बोल्दै स्वादेशी उत्पादनको बजार प्रवद्र्धनमा मेललालले टेवा पु¥याएको धारणा व्यक्त गरे ।

संघका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक महोनप्रसाद श्रेष्ठले स्वदेशी उत्पादनको बजार प्रवद्र्धन, उद्योगीहरुमा प्रतिस्पर्धी क्षमता बृद्धि, पाल्पामा उद्योग, व्यापार, कृषि र पर्यटनको विकास र प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको बताउदै मेला अवधिभर सहयोग गरेकालाई धन्यवाद व्यक्त गरेका छन् ।

समापन समारोहमा सहआयोजक संस्था, मेला आयोजक मूल समिति र विभिन्न उपसमितिका संयोजकहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । मेलामा उद्योग व्यापार, लत्ताकपडा, होटल, रेठष्टुरेण्ड सूचना प्रविधि, अटोमोबाइल्स, कृषि, पर्यटन,र संघसस्था तथा प्रायोजकका गरि ४ सय ६३ स्टल रेका ,थिए ।

मेलाको सहआयोजकमा जिल्ला समन्वय समिति, तानसेन नगरपालिका कार्यालय, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, प्रर्वद्धकमा कृषि उद्यम केन्द्र काठमाडौं, नेपाल सरकार वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, मूख्य प्रायोजक अर्घाखाँची सिमेन्ट, विशिष्ट प्रायोजक लुम्विनी मेडिकल कलेज, सह प्रायोजकमा श्रीनगर यातायात व्यावसासी समिति, भवन तथा बाटो निर्माण कर्मी संघ, नेपाल इन्भेष्टमेण्ट बैंक लि पाल्पा शाखा रहेका थिए ।