गोली लागेर पाल्पामा एक जनाको मृत्यु - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

गोली लागेर पाल्पामा एक जनाको मृत्यु



पाल्पा । पाल्पामा बाँदरलाई हानेको गोली लागेर एकजनाको ज्यान गएको छ ।

तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।

धनबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।