पाल्पाका तीन दलले गरे उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पाल्पाका तीन दलले गरे उम्मेदवार सिफारिस



पाल्पा : जिल्लाका तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि उम्मेदवार छान्ने प्रक्रिया सुरु गरेका छन् । माओवादी केन्द्रमा खासै उम्मेदवारको सिफारिस नदेखिएपनि कांग्रेस र एमालेमा भने नेतृत्वमा जाने आकांक्षीको लर्को नै छ । निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस र एमालेले जिल्ला नेतृत्व उम्मेदवार छान्न नाम सिफारिस गरेको जनाएका छन् ।

आकांक्षी धेरै भएपछि सर्वसम्मत उम्मेदवार छान्न नसकेका उनीहरू आन्तरिक विवाद बढ्न सक्ने देखेर आएजति सबै नाम पार्टी केन्द्र र जिल्लामा पठाएका छन् । एमालेले क्षेत्रीय कमिटिबाट आएको नाम जिल्ला कमिटिमा पेश गरेको थियो । जिल्ला कमिटिले प्रदेश हुँदै केन्द्रमा सिफारिस गर्ने जनाएको छ । कांग्रेसले भने क्षेत्रीय कमिटिबाट आएका नामलाई जिल्ला कमिटिबाट केन्द्रमा सिफारिस गरेको जनाएको छ ।

एउटै सिटमा १० जनासम्मको नाम सिफारिस गरेको उनीहरूले जनाएका छन् । कांग्रेस जिल्ला कमिटिले प्रदेशसभा र प्रतिनिधि सभा उम्मेदवारका नाम सिफारिस गरी केन्द्रमा पठाईसकेको जनाएको छ । पार्टी सभापति बीरबहादुर रानाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि क्षेत्रीय कमिटिबाट आएको सिफारिसका आधारमा केन्द्रमा पठाएको हो । एमालेको जिल्ला कमिटिको बैठकबाट क्षेत्रीय कमिटिले पठाएको नामलाई राय सुझावसहित प्रदेश संगठन कमिटिमा पठाएको पार्टी अध्यक्ष नारायण आचार्यले बताए ।

एमालेले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा स्थायी कमिटि सदस्य दलबहादुर रानाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ । प्रतिनिधिसभाको क्षेत्र १ मा समानुपातिकतर्फ एकप्रसाद भण्डारी, कुविजा अर्याल, टंकनाथ खनाल र लेखनाथ पोखरेलको नाम सिफारिस गरेको जिल्ला कमिटि अध्यक्ष आचार्यले बताए ।

क्षेत्र २ बाट प्रतिनिधिसभाको प्रत्येक्षतर्फ पूर्वमन्त्री एवं सांसद सोम प्रसाद पाण्डेय, केन्द्रीय सदस्य ठाकुर गैरे, लेखा आयोगका पूर्वअध्यक्ष धनेन्द्रराज घिमिरे, पूर्वसांसाद यादवबहादुर रायमाझी र निजामती कर्मचारी संगठनका केन्द्रीय पूर्वअध्यक्ष गणेश बस्यालको नाम सिफारिस गरेको छ । समानुपातिकमा ठाकुर लोहागुन र इन्द्रा गहतराजको नाम सिफारिश गरेको जनाएको छ ।

माओवादी केन्द्रले पनि जिल्लाबाट दुवै तहका नाम सिफारिस गरिसकेको छ । दुबै क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाकालागि नाम सिफारिस भइसकेको पोलिटव्यूरो सदस्य नेत्रप्रसाद पाण्डेयले बताए । राजनीतिले अर्को मोड लिएकाले उनले नाम सार्वजनिक गर्न चाहेनन् । कांग्रेस पाल्पाले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र १ मा कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्ष्ँ तर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ भने एक मात्र उम्मेदवार सन्दीप रानाको नाम सिफारिस भएको छ ।

प्रदेश सभाकालागि प्रत्यक्ष्ँतर्फ १ को प्रदेश १ बाट उपसभापति देवराज ढकालको नाम सिफारिस गरेको छ । प्रदेशसभाको समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भटराई र रूपा विकको नाम सिफारिस भएको छ । प्रदेश सभाको क्ष्ँेत्र २ बाट प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भटराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ विष्णु कुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस गरेको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र २ मा हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, बिरबहादुर राना र डा. रामप्रसाद ज्ञवालीको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ विद्यान श्रेष्ठ, बसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस गरेको छ । क्ष्ँेत्र २ को प्रदेश १ मा प्रत्यक्षतर्फ सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी हिमालदत्त श्रेष्ठ, सरस्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कृष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुंवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहनप्रसाद श्रेष्ठ, यादवसिंह कार्कीको नाम नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को प्रदेश नम्बर २ मा प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमाझी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुंवर, पदम न्यौपानmे मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, हरिलाल पोखरेलको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ सीता नेपाल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम पठाएको कांग्रेसले जनाएको छ ।

एमालेले प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ प्रदेश न. १ मा युवराज खनाल, २ मा नारायण आचार्य, झपेन्द्र बहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जिवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरेको छ, साथै पाल्पाको प्रदेश न. ३ को लागी कृष्णराज अधिकारी, कमल पाण्डेय, तिर्थ गौतम, नुरराज बस्याल, मोहन थापा मगर, मोहनलाल गैरे, डा. पुरनमान ब्रजाचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्माको नाम शिफारिस भएको छ भने ४ बाट कृष्ण जिसी, कृष्ण बहादुर थापा, गीता भट्टराई, चिरन्जीबी पोखरेल, झलक बहादुर रायमाझी, तुल बहादुर अधिकारी, धन बहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रन्जना रायमाझीको नाम शिफारिस भएको छ । साथै समानुपातिक तर्फ देवीलाल लामिछाने, उर्मीला शर्मा, कालीदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, परशुराम भट्टराई, रुक्मीणी देवकोटा, गिता पाण्डेय, दुर्गा प्रसाद खनाल, माधव आचार्यको नाम शिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट को को? नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट जीतबहादुर थापा (हिरा) र २ बाट बसन्त घर्तीमगरको नाम सिफारिस गरेको छ। यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ नेत्र पाण्डे, दलबहादुर राना, मिरा राना र खुमबहादुर बिकको नाम सिफारिस गरेको माओवादी जिल्ला सचिवालय सदस्य रामबहादुर गरम्जाले जानकारी दिए।

क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ यमबहादुर सुनार, जनक ढकाल र कमल भट्टराईको नाम सिफारिस गरेको छ। यस्तै २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि विष्णु थापा, अर्जुन श्रेष्ठको नाम सिफारिस गरिएको गरम्जाले बताए ।

क्षेत्र नं. २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तुलसा राना र नवीन थापाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. २ को प्रदेश नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका राजेन्द्र बिक, चक्रव्यूह थापा, लिला कार्कीको नाम सिफारिस गरिएको छ । प्रदेशतर्फ समानुपातिक उम्मेदवारको लागि गिरबहादुर थापा, रामबहादुर गरम्जा, दिलु लामा, लोकनाथ गौतम, वलु गैरे र शान्ता सारुको नाम सिफारिस गरिएको माओवादी केन्द्र पाल्पाले जनाएको छ ।