यात्रुहरूको पहिचान खुल्यो- ५३ जना नेपाली, अन्य सबै विदेशी - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

यात्रुहरूको पहिचान खुल्यो- ५३ जना नेपाली, अन्य सबै विदेशी



काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज टुक्रामा परिणत भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।