पद्मा अर्यालले घाटाइन् मतान्तर - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पद्मा अर्यालले घाटाइन् मतान्तर



काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणामानुसार कांग्रेसका उपसभापति समेत रहेका गुरुङले १२ हजार ९५३ मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले १० हजार ६२७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

उनीहरूबीचको मतान्तर दुई हजार ३२६ छ । यसअघि, गुरुङ दुई हजार ४१८ मतान्तरले अगाडि थिए ।

यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार टिकराज गुरुङले पाँच हजार ६७६ मत पाएका छन् ।