स्याङ्जा २ मा पदमा अर्यालको फराकिलो अग्रता - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

स्याङ्जा २ मा पदमा अर्यालको फराकिलो अग्रता



स्याङ्जा क्षेत्र नं. २ मा मतदान भएको १० दिनपछि मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो ।

नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन ।

अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।

ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए।

विवाद भएपछि लामो समय मतगणना वा मतदान के हुने भन्ने अन्योलका बीच मतगणना सुरू भएको हो ।