पद्‍मा अर्याल निरन्तर अगाडी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

पद्‍मा अर्याल निरन्तर अगाडी



स्याङ्जा-२ मा नेकपा (एमाले) उम्मेदवार पद्‍मा अर्यालले अग्रता लिएकी छन्।

विवादका कारण रोकिएको मतगणना बुधबार रातिदेखि शुरू भएको थियो। बिहीबार बिहानसम्म एमाले सचिव अर्यालले दुई हजार ३०४ मत प्राप्त गरेकी छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार धनराज गुरुङले एक हजार ७०३ मत प्राप्त गरेका छन्।

गुरुङ नेपाली कांग्रेसका उपसभापति हुन्। यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङले ३९९ मत प्राप्त गरेका छन्।

यस क्षेत्रका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै विवाद उत्पन्न हुँदा मतदान सम्पन्न भए पनि मतगणना हुन सकेको थिएन।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले मंसीर ४ गते भएको मतदानका आधारमा मतगणना गर्ने निर्णय गरेको थियो।