पछिल्लो समय चर्चामा रहेको “पानी जहाज २” बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पछिल्लो समय चर्चामा रहेको “पानी जहाज २” बोलको गीत सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे

केही समय अगाडि नेपाली गीत सङ्गीतको बजारमा निकै नै चर्चामा कमाएको गीत हो पानी जहाज पूर्व प्रधानमन्त्री के.पी शर्मा अोलीले बोलेका विकास निमार्णका कुराहरू समेटिएको पानी जहाज बोलको गीतले अपार सफलता पाए सँगै अहिले त्यही शीर्षकमा “पानी जहाज २ ” बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

विगत लामो समय देखि लोकदोहोरी क्षेत्रमा लागिपरेका सर्जक तथा गायक वैकुण्ठ महतको लय / शब्द / स्वरमा रहेको गीतमा महत सँगै शीतल शर्माको स्वर रहेको छ । नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म पुगेर छायाङ्कन गरेको गीतमा सम्पूर्ण नेपाली र समृद्ध नेपालको कुरा समेटिएको छ ।

बिष्नु भट्टराईको निर्देशनमा / छायाङ्कन / सम्पादन रहेको सोही गीतको भिडियोमा शीतल शर्मा, चिरन बराल, कुलचन्द्र पुरी, सबिन बराल, मुक्ति पौडेल, डिल्लि नारायण पाण्डे साथै मिडियाकर्मी ,समाजसेवी , बरिष्ट कलाकारहरूको अभिनय देख्न सकिन्छ भने शीतल शर्माको प्रस्तुतिमा रहेको गीतलाई वरदान डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।