चुनाव हारेकी ओनसरी घर्ती उपराष्ट्रपति बन्न लबिङ गर्दै - Himal Post Himal Post
  • १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
Logo

चुनाव हारेकी ओनसरी घर्ती उपराष्ट्रपति बन्न लबिङ गर्दै



काठमाडौं– काठमाण्डौबाट चुनाव हरेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले उपराष्ट्रपति बन्नका लागि लबिङ गर्न थालेकी छन् । उनले माओवादीको कोटामा परेको उपराष्ट्रपति पद पाउन पार्टीमा दवाव बढाएको बुझिएको छ ।

स्रोतका अनुसार उनलाई उपराष्ट्रपति बनाउन माओवादीका उपमहासचिव वर्षमान पुन समेत लागि परेका छन् । नयाँ बनेको सरकारमा मंत्री बन्ने तयारी गरेका वर्षमानले अवसर नपाएपछि आफ्नै श्रीमती ओनसरी घर्तीलाई उपराष्ट्रपति बनाउने अभ्यासमा लागेका छन् ।

केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचारहरु आइरहेका बेला सयस्तो खुलेको हो। सत्ता गठन्बन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति छ।

तर, घर्तीले भने आफूले दाबी नै नगरेको विषयमा केही सञ्चार माध्यममा समाचार प्रकाशित भएकामा आश्चर्य प्रकट गरेकी छन्। उनी भर्खरै सकिएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित बनेकी थिइन् ।